प्यूठान । रक्तिम सास्कृतिक अभियान केन्द्रीय समितिले प्यूठानमा रक्तिम साझ २०८३ प्रदर्शन गर्ने भएको छ ।

देशब्यापी अभियान अन्तरगत प्यूठानमा असार ७ गते होटल आयुस्मा जुम्रीमा कार्यक्रम आयोजना गरिएको रक्तिम सास्कृतिक अभियान प्यूठानले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाको शुभेच्छुक संस्थाको रुपमा रहेको रक्तिम साँस्कृतिक अभियानले आम मजदुर, किसान र सर्वहारा बर्गको मुक्तिको लागि कला र संस्कृतिको माध्यमबाट सचेत गराउदै आएको राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो । उहाँले रक्तिमको समाजमा सकारात्मक योगदान रहेको भन्दै विभिन्न माध्यमबाट राज्यलाई खबरदारी गर्दै आएको बताउनुभयो ।

असार ७ गते हुने कार्यक्रममा प्यूठानी आमाबुवा, दाजुभाइ तथा प्रगतिबादी ब्याक्तित्वहरु सबै उपस्थिति भइ कार्यक्रमको मनोरञ्जन तथा अवलोकन गर्नका लागि राष्ट्रिय जनमोर्चाका नेता शुरेस थापाले आग्रह गर्नुभएको छ

उहाँले कार्यक्रममा पाँचसय देखि पाँच हजार सम्मको टिकटको ब्यबस्था रहेको बताउदै टिकट बुकिङ भैरहेको उल्लेख गर्नुभयो ।
रक्तिम साझ प्रदर्शन कार्यक्रम दिउँसो १२ बजेदेखि संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय