प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको गाडी दुर्घटनामा परेर ज्यान गएको छ । राना मगर आफैले चलाएको लु.प्र.०१-००१ झ ०००८ न.को गाडी आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा घटनास्थलमै ज्यान गएको हो ।

स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गरेको गाडी स्वर्गद्वारी नगरपालिका-२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन बाबु बिश्वकर्माले जानकारी दिनुभयो । गाडी सडक देखी अन्दाजी पाँच सय मिटर तल खसेको उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक बिश्वकर्माको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बिश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय