प्यूठान । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ३६ प्यूठानको २४ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार प्यूठानको पर्यटकीय स्थल मल्लरानी डाँडामा सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।
समुह ३६ प्यूठानको संयोजकमा शुसिल श्रेष्ठ(सुजल), सह–संयोजक लोकेन्द्र सुनार, सचिव राधिका पन्थी, सह–सचिव राधिका खड्का र कोषाध्यक्ष तिला बुढाथोकी चयन हुनुभएको छ । समितिको सदस्यमा लिलापसिंह बस्नेत, गणेशीदेवी घिमिरे, विमला जिसी र विद्यालयक्ष्मी श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले एम्नेष्टीले राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले एम्नेष्टी प्यूठानलाई जिल्लाका सवै पालिकाहरुमा पुगेर मानव अधिकार शिक्षाको अभियान सञ्चालन गर्न सुझाव समेत दिनुभएको छ ।
कार्यक्रममा एम्नेष्टी नेपालका पूर्व उपाध्यक्ष पार्वता आचार्य, एम्नेष्टी नेपालका नोमिनेसन कमिटी सदस्य कल्पना खड्का, जिल्ला समन्वय समिति प्यूठानका सदस्य निर्मला पोख्रेल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पौडेल, ओम बहुउदेश्यीय सहकारी संस्थाका सचिव नविन प्रकाश श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा निर्वतमा संयोजक तथा एम्नेष्टी नेपालका नोमिनेसन कमिटी सदस्य कल्पना खड्कालाई सम्मान गरिएको छ । साथै नयाँ सदस्यलाई सदस्यता समेत प्रदान गरिएको थियो ।
समुह ३६ प्यूठानका संयोजक शिवराज श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन शत्रमा प्रगति प्रतिवेदन सचिव लोकेन्द्र सुनारले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, एम्नेष्टी नेपाल समुह ३६ प्यूठानका सदस्यको उपस्थिती थियो ।


S.K. Creative Media Group