प्यूठान । प्यूठानमा सामाजिक परीक्षण सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो ।
स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता संघीय मार्गदर्शन २०७७ अनुसार प्रत्येक स्वास्थ्य संस्थाले वार्षिक रुपमा सामाजिक परीक्षण गर्नुपर्ने प्रावधान रहेको छ । पहिलो पटक विस्तृत र त्यसपछि नियमित रुपमा संक्षिप्त सामाजिक परीक्षण गर्नुपर्ने प्रावधान रहेको छ ।
तालिमको सहजीकरण स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश बाबु श्रेष्ठ र कोल्डचेन अधिकृत कोशलराज वैद्यले गर्नुभएको छ । यसअघि पनि स्वास्थ्य कार्यालयले सामाजिक परीक्षण सम्वन्धी तालिम सञ्चालन गरेको थियो । जिल्लामा सामाजिक परीक्षकहरु तयार गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तालिममा जिल्लाका विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि, स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकी प्रमुख लगायतको सहभागिता रहेको छ ।


S.K. Creative Media Group