प्यूठान । प्यूठानको पर्यटकीय स्थल मल्लरानी डाँडामा बुधबार सरसफाई गरिएको छ । डिभिजन वन कार्यालय प्यूठानको आयोजना तथा प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रको संयोजनमा बुधबार विहान सरसफाई गरिएको हो ।
मल्लरानी डाँडालाई स्वच्छ राख्नुका साथै प्लास्टिकजन्य बस्तुको प्रयोगलाई न्युनिकरण गर्न सचेतना कार्यक्रम गरिएको डिभिजन वन कार्यालय प्यूठानका प्रमुख धनिश्वर न्यौपानेले बताउनुभयो । कार्यालयले उक्त स्थानमा फोहोर विर्सजनका लागि डस्टविनको समेत व्यवस्था गरेको छ । नियमित रुपमा सरसफाईका लागि समेत उहाँले आग्रह गर्नुभयो ।
प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले मल्लरानीको पर्यटन प्रर्वद्धनका लागि संघ र मल्लरानी बजार क्षेत्रले नियमित रुपमा गतिविधि गर्दै आएको बताउनुभयो । सोही अनुसार डिभिजन वनसँगको सहकार्यमा सरसफाई गरिएको जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा डिभिजन वन कार्यालय, प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रका प्रतिनिधि, स्थानीय, सञ्चारकर्मी लगायतको सहभागिता थियो । मल्लरानी पुग्ने पर्यटकलाई फोहोरको उचित व्यवस्थापन गर्न समेत सहभागीले आग्रह गरेका छन । कम्तीमा फोहोरलाई डस्टिवनमा राखिदिन सरसफाईमा संंलग्न व्यक्तिहरुको आग्रह छ ।



S.K. Creative Media Group