सुवास थापा
प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाको महत्वपूर्ण व्यापारिक केन्द्र मच्छि बजारमा सुरक्षाको लागि सिसि क्यामरा जडान गरिएको छ । झिमरुक गाउँपालिकाको आर्थिक सहयोगमा झिमरुक गाउँपालिका-५, स्थित मच्छी बजारमा सिसि क्यामेरा जडान गरिएको हो ।
स्थानीय बजारमा चोरी तथा अपराधिक घटना हुन सक्ने भन्दै न्यूनीकरणमा सहयोग होस् भन्ने उदेश्यले बजारका अति संबेदनसिल एरियामा सिसि क्यामेरा जडान गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार महत्वपूर्ण बजारिक क्षेत्र तथा जनताहरु धेरै आउजाउ गर्ने स्थानमा क्यामेरा जोड्ने काम भएको छ । क्यामेरा जडान गर्ने काम क्रमश अन्य बजार क्षेत्रमा समेत गरिने उहाँले जानकारी दिनुभयो ।


S.K. Creative Media Group