प्यूठान । प्यूठान र रोल्पाका उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यालयलाई सम्मान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले सामुदायिक विद्यालय तथा शिक्षकहरुका लागि प्रोत्साहन तथा सम्मान कार्यक्रम गरेको हो ।
मंगलबार जनता माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा प्यूठान र रोल्पाका ६० जना उत्कृष्ट विद्यालय, शिक्षक र कर्मचारीलाई नगद जनही पाँच हजार सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो । १९ वटा विद्यालय र ४१ जना शिक्षक तथा कर्मचारी सम्मानित भएका हुन ।
कार्यालयले एउटा गाउँपालिकाबाट एक विद्यालय र दुई जना शिक्षक, नगरपालिकाबाट एउटा विद्यालय र ३ जना शिक्षक तथा कर्मचारी छनौट गरेको थियो ।


S.K. Creative Media Group