प्यूठान । स्वर्गद्वारी नगरपालिका-७ स्थित वेलवास माध्यमिक विद्यालयका अक्षयकोष दाता चेतन भुसालले आफ्नो जन्मदिनमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गर्नुभएको छ । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ४१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी विद्यार्थीहरूसँग खुशी साट्ने उद्देश्यले विद्यालयमै उपस्थित भई सामग्री वितरण गर्नुभएको हो ।

यस अवसरमा उहाँले विद्यार्थीहरूसँगै जन्मदिन मनाउनुका साथै अध्ययनप्रति उत्साहित हुन प्रेरणा दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय