प्युठान । प्युठान नगरपालिका–१० स्थित जनता नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, छेपानेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। बुधबार आयोजित एक कार्यक्रममा विद्यालयका २४ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र झोला प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक सहयोगी तथा समाजसेवीले उपलब्ध गराएको शैक्षिक सामग्री प्युठान नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष सुमनराज श्रेष्ठमार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष विकास केसी र वडा नम्बर १० का वडा अध्यक्ष लोकबहादुर केसी, अन्य जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो।

शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए। विद्यालयमा अध्यायनरत वालवालिका हरुलाई शैक्षिक सामग्री सहित एक एक वटा झोला उपहार दिनुभएको बिद्यालयको प्रधानाध्यापक राघा जिसीले जानकारी दिनुभयो ।

उहाँले आफ्नो बिद्यालय छनोटमा परेकोमा नगर प्रवक्ता श्रेष्ठ सहित सहयोगी तथा जनप्रतिनिधिहरुलाई आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीको पठनपाठनमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय