मित्र थापा
अर्खा । मगर इन्भेस्टमेन्ट ग्रुप नेपालले आफ्नो सेयर सदस्य गौमुखी गाउँपालिका-१ अर्खा प्यूठान निवासी स्वर्गीय दोर्णध्वज थापामगरको परिवारलाई बीमा रकम प्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी मृतकका श्रीमती खिमी थापालाई सात लाख साठी हजार रुपियाँको चेक हस्तान्तरण गरेको हो ।
साथै गौमुखी गाउँपालिका-२ अर्खा निवासी सेयर सदस्य छमीदेवी मगरलाई दुर्घटना बीमाको उपचार खर्च १ लाख रुपियाँको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नौबहिनि गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले सबै मगर उत्थानकाे लागि आर्थिक रुपमा सवल हुनुपर्ने बताउँदै आय आर्जनमा अग्रसर हुन अनुराेध गर्नुभयो ।
गाैमुखी गाउँपालिका उपाध्यक्ष महाबिर रानाले गाैमुखीमा रहेका मगर समुदायका हरेक व्यक्ति मुनाफा हुने व्यबसायमा जाेडिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा डा.भाेजविक्रम बुढामगरले मगर समुदायलाई आर्थिक राजनैतिक रुपमा अगाडि बढ्न आग्रह गर्नुभयो ।
भिरबाट लडेर मृत्यु भएका दाेर्णध्वज थापामगरकाे सम्झनामा एक कार्यक्रमका विच श्रदान्जलि सभा गरिएकाे थियाे । नेपाल मगर संघ प्यूठानका अध्यक्ष भिमेश कुमार घर्ती मगरकाे अध्यक्षतामा भएको कार्यक्रममा मिग ग्रुपका सचिव ईमानसिंह राना मगर, मिग ग्रुपका डाईरेक्टर प्रेम राना मगर, सुजन थापा मगर, भरत आले मगर ,रघु थापा मगर, नारायण गाह मगर, ज्ञानराज राेका मगर लगायतको उपस्थिति रहेकाे थियाे ।


S.K. Creative Media Group