प्यूठान । झिमरुक गाउँपालिका–६, दहखोलास्थित ऐतिहासिक सिद्ध मन्दिरमा स्थानीयको सहभागितामा सरसफाइ गरिएको छ।
मन्दिर व्यवस्थापन समितिको आयोजना तथा स्थानीयको सहकार्यमा आइतबार मन्दिरको भित्री र बाहिरी परिसर सफा गरिएको हो।

विजयादशमीको अवसरमा सरसफाइ गरिएको समितिका सदस्य विष्णु गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार कलर गर्ने मन्दिर वरिपरि झाडी तथा झार सफा गर्ने काम गरिएको हो ।

धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको मन्दिरमा दशनामी समुदायले पूजाआजा गर्दै आएका छन्। तिहारको दुई दिनपछि यहाँ कुलपूजा गर्ने परम्परा छ।

कुलपूजामा बोकाको बलि नदिई अलुवा, खिर, रोटी, फलफूल, तरकारी, अचार र दही प्रसादका रूपमा चढाउने चलन रहेको छ। मन्दिर परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय