काठमाडौं । आईसीसी लिग २ अन्तर्गत नेपालले शनिबार क्यानडासँग खेल्दै छ । ओमानमा जारी ओडीआई शृङ्खलामा नेपालले आफ्नो तेस्रो खेल क्यानडासँग खेल्न लागेको हो ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
नेपालले यसअघि भएका दुवै खेल जितेको थियो । नेपालले पहिलो खेलमा क्यानडा अनि दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलमा २८ अंक छ भने सातौं स्थानमा रहेको क्यानडाको ३५ खेलमा २७ अंक छ ।

S.K. Creative Media Group