काठमाडौं । गीतकार अविरल थापाको बालगीत ‘मोबाइल हेर्छु नि !’ सार्वजनिक भएको छ । बालबालिकामा पछिल्लो समय बढ्दो मोबाइल मोहलाई समेटिएको बाल गीत सार्वजनिक गरिएको हो ।
बाल गायिका आर्षभी आचार्य र गायक शान्तिम कोइरालाको स्वर रहेको गीतमा अविरल थापाको शब्द रचना छ । संगीत शान्तिम स्वयंको रहेको छ ।
गीतले मोबाइल माग्ने बालबालिकाले बानी र आफ्नो सहजताका लागि मोबाइल दिने अभिभावकलाई लक्षित गरेको छ ।
“अहिले रहेका बालबालिकाले आफ्नो घण्टौं समय मोबाइल हेरेर बिताइरहेका छन्,” गीतकार थापाले भन्नुभयो, “हामी अभिभावक पनि आफूलाई बालबालिकाले नअलमल्याउन् भनेर लामो समय मोबाइल हेर्न दिन्छौँ, यसले हाम्रा बच्चाहरूमा नकारात्मक असर परिरहेको छ ।” यसैलाई आफूले गीतमार्फत भन्ने र देखाउने प्रयास गरेको उहाँको भनाइ छ ।
निर्देशक बिकेनले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरेर गीतको भिडियो तयार पार्नुभएको हो । भिडियोमा निर्माता थापाकी छोरी देवाश्रीको तस्बिरलाई एआईमार्फत कार्टुनमा रूपान्तरण गरिएको छ ।

S.K. Creative Media Group