रोल्पा । रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला गम्भीर घाइते भएकी छन्।

आइतबार बिहान करिब १० बजे घर्तीगाउँबाट पेदिखोलातर्फ जाँदै गरेको नम्बर नखुलेको अटो अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमा कुमारी भण्डारी र जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि स्मृति अस्पताल घर्तीगाउँ लगिएको थियो ।

उपचारका क्रममा खुमा कुमारी भण्डारीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। गौसरा घर्ती मगरको अवस्था गम्भीर रहेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

अटो चालक माडी गाउँपालिका–३ तालाबाङ निवासी ४७ वर्षीय कमलसिंह बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय