प्यूठान। झिमरुक गाउँपालिका–६, तोरवाङको आयोजनामा कात्तिक १६ देखि १८ गतेसम्म वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। झिमरुक गाउँपालिका-६, मर्कावाङ स्थित गोयली खेलमैदानमा सञ्चालन हुने भएको वडा कार्यालयले जानकारी दिएको हो ।

वडा स्तरीय भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कात्तिक १५ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने वडा कार्यालयले जनाएको छ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १६ हजार, १२ हजार र ८ हजार रुपैयाँ तथा महिला तर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दुवै विधाका विजेता टोलीले मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई एक हजार पाँच सय रुपैयाँ, अनुशासित खेलाडीलाई एक हजार रुपैयाँ र म्यान अफ द म्याच हुने खेलाडीलाई एक हजार पाँच रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रत्येक टोलीमा एक जना व्यवस्थापकसहित नौ जना खेलाडी हुनुपर्नेछ। खेलाडीले सकेसम्म आफ्नो टोलीको जर्सी लगाउनुपर्ने, सम्बन्धित वडाको परिचय खुल्ने कागजात पेस गर्नुपर्ने र खानेबस्ने व्यवस्था आफैँ गर्नुपर्ने समेत सुचना मार्फत वडा कार्यालयले जानकारी दिएको छ।

खेलाडी सम्बन्धित वडाभित्रकै हुनुपर्ने तथा खेल अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) का नियमअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ।

मैनाके खेलकुद मैदानमा कात्तिक १९ देखि वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

झिमरुक गाउँपालिका–६, तोरवाङको आयोजनामा कात्तिक १९ र २० गते वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। वडा नम्बर ६ को आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत खेलकुद कार्यक्रम अन्तर्गतको बजेटबाट खेलकुद आयोजना गरिएको हो ।

झिमरुक गाउँपालिका–५, मच्छीस्थित मैनाके खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले आयोजकले तोकेको प्रक्रियाअनुसार सहभागिताको लागि वडा कार्यालयले सूचना गरेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १६ हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। विजेता टोलीलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने वडा कार्यालयले जनाएको छ।

प्रतियोगितामा सहभागी हुने टोलीको दर्ता प्रक्रिया, खेलाडी संख्या र अन्य नियमबारे आयोजकले थप जानकारी उपलब्ध गराउने जनाएको छ ।

खेलकुदको विकास, स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्यूठान नगरपालिका–६ का वडाध्यक्ष धन बहादुर पुनले बताउनुभयो।

प्रतियोगिताले वडाभित्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै वडा तह बाटै खेलकुदको र नवप्रतिभाहरुको अवसर प्रदान पुग्ने अपेक्षा समेत गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय