प्यूठान । आमाले आफ्नो मिर्गौला दिएर छोरालाई नयाँ जीवन दिने तयारी गर्नुभएको छ। तर प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा झिमरुक गाउँपालिका–८, टिमुरचौर निवासी २७ वर्षीय भरत के.सी.को उपचार प्रक्रिया आर्थिक अभावले अगाडि बढान समस्या परेको छ।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत भरतको मिर्गौला प्रत्यारोपणका लागि पाँच लाख रुपैयाँ आवश्यक रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर परिवारसँग अहिले ५० हजार रुपैयाँसमेत उपलब्ध छैन। आर्थिक अभावका कारण प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन परिवारले सहयोगको याचना गरिरहेको छ।
छोराको जीवन बचाउन आमाले आफ्नो मिर्गौला दिन तयार हुनुभएको छ। परिवारका लागि अहिले आर्थिक सहयोग जुटाउनु नै मुख्य चुनौती बनेको छ। आवश्यक रकम जुट्न सके प्रत्यारोपण प्रक्रिया अघि बढ्ने र भरतले नयाँ जीवन पाउने आशा परिवारले गरेको छ।
भरतका भाइ र आफन्तले सहयोगी मनहरूसमक्ष अपिल गर्दै भनेका छन्, “मेरो दाइलाई बचाइदिनुहोस्।” उहाँहरूको यो आग्रह एउटा परिवारको पीडा मात्रै होइन, आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग गर्न सकिने मानवीय अवसर पनि हो।
भरतको उपचारका लागि झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले ‘भरत बचाउ अभियान’ सञ्चालन गर्नुभएको छ। पोख्रेलले यसअघि पनि विभिन्न अभियानमार्फत बिरामीको उपचारका लागि सहयोग जुटाउन पहल गर्दै आउनुभएको छ। अहिले भरतको प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन सहयोगी व्यक्ति तथा संस्थासँग अपिल समेत गरिएको छ।
तपाई हामीले आफ्नो क्षमताअनुसारको सानो सहयोगले पनि भरतको उपचारका लागि रकम जुटाउन महत्त्वपूर्ण योगदान पुग्न सक्छ। आर्थिक सहयोग गर्न नसक्नेले यो अपिल सामाजिक सञ्जालमार्फत साझा गरेर सहयोगी मनहरूसम्म पुर्याउन सहयोग गर्नुहुनेछ ।
भरतको जीवन बचाउने अभियानमा हातेमालो गरौँ। आमाको आशा र परिवारको भरोसालाई सार्थक बनाउन सहयोग गरौँ।
photo: AI
कसरी सहयोग गर्ने?
भरतको उपचारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले तल उल्लेखित सम्पर्क नम्बर र बैंक खातामार्फत सहयोग गर्न सक्नेछन्।
बिरामीको विवरण
नाम: भरत के.सी.
उमेर: २७ वर्ष
ठेगाना: झिमरुक गाउँपालिका–८, टिमुरचौर, प्यूठान
सम्पर्क नम्बर: ९८४८११९४८६
उपचाररत अस्पताल: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
आवश्यक रकम: ५ लाख रुपैयाँ
बैंक विवरण:
बैंकको नाम: सिटिजन्स बैंक
खातावालाको नाम: भरत के.सी.
खाता नम्बर: 0750100000164010


S.K. Creative Media Group