प्यूठान । मल्लरानी गाउँपालिकामा शुभ दिपावली, नेपाल संवत र छठ पर्वको पावन अवसरमा संयुक्त शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) र नेकपा मल्लरानी गाउँपालिका समितिको संयुक्त आयोजनामा खलंगास्थित टंक शहिद स्मृति प्रतिष्ठान भवनमा कार्यक्रम आयोजना गरिएको हो ।

राष्ट्रिय जनमोर्चाका मल्लरानी गाउँपालिका अध्यक्ष गुणेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले नेपालमा राष्ट्रियता संकटमा परेको भन्दै यतिबेला बामपन्थी एकता आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी, नेकपा एमाले प्युठानका अध्यक्ष विजय विराज विष्ट, नेकपाका प्युठान जिल्ला इन्चार्ज यज्ञ बहादुर केसी ‘प्रभात’, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण बहादुर खड्का र नेकपा एमाले प्युठानका उप सचिब इश्वरा आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नेकपा मल्लरानीका अध्यक्ष विष्णु शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपा एमाले मल्लरानीका अध्यक्ष नोमराज पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय