दाङ । राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी शताब्दी पुरुष टुकमान गिरीको निधन भएको छ। शुक्रबार बिहान आफ्नै निवासमा १०३ वर्षको उमेरमा गिरीको निधन भएको हो। उहाँको निधनले दहखोला महन्त गिरी परिवार शोकमा परेको छ।
उदार, सरल र शान्त स्वभावका गिरीको जन्म १९८१ सालमा प्युठानको दहखोलामा भएको थियो। उहाँको हिन्दु गिरी–महन्त परम्पराअनुसार समाधिसहित अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। गिरी परिवारमा सबैभन्दा जेष्ठ नागरिक हुनुहुन्थ्यो ।
पारिवारिक स्रोतका अनुसार उहाँलाई सामान्य मुटु तथा दमसम्बन्धी समस्या थियो। निधन हुनुअघि शुक्रबार बिहान छोरासँग कुराकानी गर्दै आफू आरामै रहेको बताउनुभएको थियो।
गिरीका दुई छोरा मीनप्रसाद गिरी र रिखिराम गिरी छन्। उहाँ लामो समय भारतको धनबाज कोइलावारीमा काम गरी नेपाल फर्कनुभएको थियो। २०२२ सालमा देउखुरीको बराखुट्टीमा जग्गा खरिद गर्नुभएका उहाँ २०२५ सालतिरदेखि त्यहीँ बसोबास गर्दै आएको छोरा रिखिराम गिरीले बताउनुभयो।
यसैबीच, दाङको गढवा गाउँपालिका–१ कालाकाटे निवासी स्वर्गीय रोमलाल गिरीकी धर्मपत्नी हाम्रो कान्छीआमा ७२ वर्षीया हिमादेवी गिरीको पनि तिहारको अघिल्लो दिन कार्तिक ३० गते बिहान काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उहाँको आज तेह्रौँ दिन परेको भए पनि परिवारमा जुठो खप्टिएका कारण ब्राह्मणको परामर्शअनुसार हिजो नै तेह्रौँ दिनको संस्कार सम्पन्न गरिएको परिवारले जनाएको छ। दुवै निधनले गिरी परिवारलाई गहिरो शोकमा पारेको छ।


S.K. Creative Media Group