प्यूठान । पत्रकारमाथि भइरहेको धरपकड, सञ्चारमाध्यममा सरकारी हस्तक्षेप तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गतिविधिको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।

 

सरकारले पत्रकार तथा सञ्चार क्षेत्रमाथि पछिल्लो समय चालेका कदमहरू लोकतान्त्रिक मूल्य, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मर्मविपरीत रहेको भन्दै महासंघले ध्यानाकर्षण गराएको हो ।

 

जिल्ला प्रशासन कार्यालय प्यूठानको परिसरबाहिर आयोजित विरोध कार्यक्रममा पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, नेपाल पत्रकार महासंघका मागहरू तत्काल पुरा गर लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय