काठमाडौं । काठमाडौंको बल्खुमा दुई पक्षबीच ढुंगा हानाहान भइ झडप भएको छ।

बिहीबार मध्यान्हमा कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेका युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि दुई पक्ष बिच झडप भएको हो ।
प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ। बल्खुमा क्षेत्रमा भएको तनावको स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न प्रसाई पक्षलाई दिएको थियो। युवा संघलाई भने तीनकुनेमा दिएको छ।



S.K. Creative Media Group