कालिकोट। डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ। बुधबार मौसम खराबीका कारण सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो रामघाटको धान खेतमा आकस्मिक अवतरण गरिएको हो।
हेलिकोप्टरलाई आकस्मिक अवतरण गराएपछि ठूलो दुर्घटनाबाट जोगिएको प्रहरी स्रोतले जनाएको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी लेक लागेर बिरामी भएपछि वीरेन्द्रनगर ल्याउदै गर्दा प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण गरिएको छ ।
सुर्खेतको लेकबेशी नगरपालिका–६, रामघाटको पूर्वतर्फ धान रोपेको खेतमा केहीबेर आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हेलिकप्टर अवतरण गरेर बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । सुर्खेत प्रहरीका अनुसार मौसममा सुधार भएपछि हेलिकप्टर सुर्खेत एयरपोर्टमा ल्याइने जनाएको छ।



S.K. Creative Media Group