काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीको बैठक नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत आएको सुझावको आधारमा आफूले यस्तो निर्णय लिएको ओलीले बताउनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यले साथ दिँदासम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने निर्णय लिएको सामाजिक सञ्जाल फेसबुक मार्फत जनाकारी गराउनुभएको छ ।
‘सामाजिक सञ्जाल मार्फत तपाईँहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
आज नेकपा एमाले सचिवालय बैठक बस्दै छ । आजको बैठक हनुमानथानस्थित होटेल बसेरामा राखिएको छ । ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ, मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यस पटक बैठक अन्यत्र राखिएको छ, यसरी नै मलाई सुझाव दिँदै जानुहोला’, उहाँले लेख्नु भएको छ ।



S.K. Creative Media Group