कर्णाली प्रदेशका मुख्यमन्त्री र एक सुत्केरी बोकेको दुई हेलिकप्टर एकै स्थान रुकुम पश्चिममा आकस्मिक अवतरण भएका छन् । तस्बिर : अर्जुन बिष्ट
आठबिसकोट । खराव मौसमका कारण रुकुम पश्चिममा एकैपटक दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका-९ स्थित रंगशालामा कर्णाली प्रदेशका मुख्यमन्त्री र एक सुत्केरी बोकेको सिम्रीक एयर र नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।
डोल्पाको त्रीपुरा सुन्दरी नगरपालिका २ की स्थानीय पदमी बुढा को सुत्केरी भएपछी देखिएको स्वास्थ्यमा समस्याका कारण नेपाली सेनाको ए ६६ नम्वरको हेलिकोप्टर बाट प्रदेश अस्पताल सुर्खेत लगिदै थियो । गएराती घरमै सुत्केरी भएकी बुढाले दुई वटा छोरी जम्ल्याहा जन्माएकि थिईन्। तर उनको एउटा छोरी घरमै मृत्यु भैसकेको उनका श्रीमान धन बहादुर बुढाले जानकारी दिनुभयो।
अहिले सुत्केरी महिलाको आठबिसकोट नगर अस्पतालबाट प्रेम रोकायको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले हेलिकोप्टरमै उपचार गरिरहेको छ । स्वास्थ्यकर्मीका अनुसार महिलालाई पलासेन्ट (साल ) नझर्ने समस्या देखिएको छ ।
त्यस्तै डोल्पा स्थित एक मेलाको अवलोकन र पत्रिव धार्मिकस्थल त्रिपरासुन्दरी मन्दिर दर्शनका लागि डोल्पा गएका गएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुम पश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको छ । आज दिउँसो साढे ३ बजेतिर आठबिसको नगरपालिका -९ स्थित रंगशालामा हेलिकोप्टर अवतरण भएको हो ।
डोल्पाबाट सुर्खेतका लागी उडेको सिम्रीक एयरको हेलिकप्टर मौसम खराबका कारण आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । हेलिकोप्टरमा मुख्यमन्त्री कँडेल र उनकी श्रीमती सहित चार जना रहेको बताईएको छ ।
मौसममा सुधार आएमा आजै सुर्खेत उड्ने जनाईएको छ । सुत्केरी महिलालाई भने मौसमा एम्बुलेन्स मार्फत प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भैरहेको आठबिसकोटका स्वास्थ्य शाखा संयोजक प्रेम रोकायले बताउनुभयो।



S.K. Creative Media Group