अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको समग्र विकासका लागी पर्यटन क्षेत्र आधार स्तम्भको रुपमा रहेको भएको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योग्दान पु¥याउनेगरी बृहत योजना निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी बृहत योजना निर्माण गर्न थालिएको बताउनु भयो ।

 

लुम्बिनीलाई पर्यटन सर्किटबाट जोड्ने योजना सरकारले बनाएको र यसबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकहरुलाई आकर्षीत गर्न सकिने योजना सुनाउनु भयो ।‘पर्यटकीय स्थल थुपै्र छन् । १२ जिल्लालाई एउटा लुम्बिनी पर्यटन सर्किटको रुपमा विकास गर्ने योजना छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तब्य स्थलमा पु¥याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’उहाँले भन्नुभयो,‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको रुपमा विकास गरेर लग्ने । यि सहित सबै जिल्लालाई जोडेर लुम्बिनी पर्यटन सर्किट बनाउने ।’

गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरवार संग्राहलय, रुरु क्षेत्र, रेसुंगा, छत्रमहाराज, बल्कोट, सुपादेउराली, स्वर्गद्धारी, रोल्पाको युद्ध संग्राहलय, सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्नेगरी पर्यटन सर्किट निर्माण गर्ने योजना सुनाउनु भयो । पत्रकार सम्मेलनमा प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको बताउनु भयो । जिल्ला बाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका होटलका विल मन्त्रालयमा पेश नगरिने स्पष्ट पार्नू भएको छ । फजुल खर्च रोक्न पूर्व बिशिष्ट व्यक्तिहरुको सेवासुविधा खारेज गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय