अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिकाबाट बुटवल जाँदै गरेको लु १ज ४७६३ नम्बरको जिप शितगंगा नगरपालिका-१२ हिलेखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृतकको पहिचाहन हुन बाँकी रहेको छ । दुर्घटनामा नौ जना घाइते भएका छन । घाइतेमध्ये चार जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडा उपचार भइरहेको ठाडा ईलाका प्रहरी कार्यालय प्रमुख रबिन्द्र चन्दले जानकारी दिनुभयो । चालकसहित जिपमा १० जना सवार रहेको जनाइएको छ ।



S.K. Creative Media Group