काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा संवैधानिक परिषदको बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । शीर्ष नेताको यस बैठकमा उपसभामुखको विषयमा पनि छलफल हुन बुझिएको छ । प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप–प्रत्यारोप जारी छ ।
यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।
यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन । संवैधानिक परिषद्को बैठकसम्बन्धी परामर्श र समसामयिक राजनीतिक विषयमा नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



S.K. Creative Media Group