काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन समयमा हुन नसकेपछि प्रदेश र जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला गर्न लागेको छ । यहि असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने महासंघले निर्णय गरेको हो ।

२०८१ जेठ २६ गते, असार २२ र असोज ५ गते घोषणा गरिएका तीनवटा निर्वाचन तोकिएको मितिमा हुन नसक्ने भएपछि भेला आतोजना गरिएको हो । महासंघका अध्यक्ष विपुल पोख्रेलले २०८१ भदौ २४ गते पदबाट राजीनामा दिनुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएपछि २०८१ असोज १२ गतेका लागि निर्वाचन मिति घोषणा गरिएको थियो । यसैबीचमा कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएपछि असोज १२ गते तोकिएको निर्वाचन पनि हुन नसक्ने परिस्थिति सिर्जना भएपछि भेला बोलाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय