काठमाडौँ । हालैको अविरल वर्षासँगै आएको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छ, भने २५ जना बेपत्ता छन् । त्यस्तै हालसम्म अन्य एक सय ५८ जना घाइते भएका छन्।

देशभर पछिल्लो समय हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्न लगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको जानकारी दिनुभयो ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको लागि जनशक्ति परिचालन गरि प्रयास भइरहेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।

फोटो: नेपाल आर्मी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय