काठमाडौँ । काठमाडौं स्थित निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट विजया दशमीको अवसरमा टीका लगाउने सर्वसाधारणको भीड लागेको छ । शनिवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको दिन टीका लगाउने कार्यक्रम तय भए अनुसार सर्वसाधारणको भिड लागेको हो ।

दसैंको दिन पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आउनुभएको छ ।

दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैंघर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय