काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार बडादशैको बिदा पछि सुनचाँदीको मूल्य उच्च भएको हो । सुनको तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि असोज २३ गतेसम्म छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय