कास्की । गण्डकी प्रदेशले प्रदेशभर बिहीबार कोजाग्रत पूर्णिमामा एक दिन सार्वजनिक बिदा दिने भएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार कात्तिक १ गते बिहीवार प्रदेशभरका सरकारी कार्यालयमा बिदा दिइएको हो ।
आउदो कात्तिक १ गते प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको सूचना प्रकाशन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानुजयन्तीमा समेत बिदा दिएको थियो। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।



S.K. Creative Media Group