रोल्पा । सुत्केरी बोकेको गादी दुर्घटना हुँदा नवजात शिशुको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको हो ।
लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका-१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहान ६ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



S.K. Creative Media Group