प्यूठान । चाडपर्व नजिकिएसंगै झिमरुक गाउँपलिकाले आफ्नो बजार क्षेत्रमा रहेका पसलहरुमा अनुगमनलाई तिब्र बनाएको छ । मंगलबार चाडपर्व लक्षित गरी झिमरुक गाउँपालिकाको आयोजनामा, उद्योग बाणिज्य संघ मच्छी बजार इलाका तथा प्रहरीको रोहवरमा बजार अनुगमन गरिएको हो ।
चाडपर्वमा बजारमा म्याद गुज्रिएका सामान हुनसक्ने र सो सामान बिक्रीवितरण निरुत्साहित गर्न भन्दै गाउँपालिकाले आज मच्छी र ढाडाँमा रहेका ४५ किराना पसल, होटल, खाद्यान्न पसल तथा फलफुल पसलहरुमा अनुगमान गरिएको छ ।
मच्छी र ढाडाँ बजारमा रहेका होटल, किराना पसल, खाद्यान्न पसल तथा फलफुल पसलहरुमा गरिएको अनुगमनमा दियो ब्रान्डको सुजी ४० प्याकेट,भाइ मसला गोलो आकारको पोका ९ वटा, भाइ मसला लामो आकारको पोका ४ वटा, ग्लुकोज बिस्कुट ३ प्याकेट र पाउरोटी १ पोकाको करिब ४ हजार मुल्य बराबरको म्याद नाघेका अखाद्य बस्तु बरामद गरि प्रहरीको र स्थानीयको उपस्थितिमा नष्ट गरिएको पालिकाको प्रशासन शाखा प्रमुख हरि प्रसाद पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार अनुगमनका क्रममा सबै भन्दा बढि म्याद नाघेको दियो ब्रान्डको सुजी ४० प्याकेट बरामद गरि नष्ट गरिएको जानकारी दिनुभयो ।
अनुगमनको क्रममा केहि पसलहरु दर्ता बिना संञ्चालन भएको, साइन बोर्ड तथा मुल्य सुची नराखेको, ब्यवसाय इजाजत तथा दर्ता नविकरण नगरिएको, एउटा प्रकृतिको व्यवसाय दर्ता गरी विभिन्न मासु, होटल, किराना, तथा मदिराका सामान बिक्रीवितरण गदै आएको, पसलमा सरसफाइ नभएको, डिजिटल नाप तौलको प्रयोग नभएको समेत पाइएकाले अनिवार्य रुपमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै प्रकृया पुरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न ब्यवसायीहरुलाई निर्देशन दिएको पालिकाको प्रशासन शाखा प्रमुख पोख्रेलले जानकारी दिनुभयो।
अहिलेको अनुगमनमा ब्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह, सुझाब दिएको र अर्काे पटकको अनुगमनमा प्रकृया पूरा नगरेको, आम जनताको स्वास्थ्य माथि खेलवाड गदै म्याद नाघेका बस्तु बिक्रि वितरण गरकोे पाइए जरिवाना गरिने उहाँको भनाइ छ ।
चाडपर्वमा ठुला ब्यापारीहरुले साना ब्यापारीलाई सामान बिक्रीवितरण गर्दा म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गर्ने गरेको पाइएकाले साना ब्यापारी तथा आम उपभोक्ताहरुलाई सामानको उपभोग मिती हेरेर मात्रै सामान विक्रि वितरण तथा खरिद गर्न गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले आग्रह गर्नुभयो ।
उपाध्यक्ष पोख्रेलले स्थानीय बजारका साना ब्यापारीलाई सामान बिक्री गर्दा उपयोग मितिको म्याद नाघेको सामनसँग मिसावट गरि बिक्रीवितरण गरेको पाइएकोले यस तर्फ साना तथा स्थानीय ब्यापारी सचेत भएर उपयोग मिति राम्रोसँग हेरेर मात्र सामन खरिद गर्न सुझाव दिनुभयो । उहाँले बजार अनुगमनलाई चाडपर्व मात्रै नभएर अन्य समयमा पनि नियमित अनुगमन गर्ने योजना बनाएको बताउनुभयो ।
झिमरुक गाउँपालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलको अगुवाईमा गरिएको अनुगमन टोलीमा प्रशासन शाखा प्रमुख हरि प्रसाद पोख्रेल, वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेल, कार्यपालिका सदस्य कल्पना थापा एमसी, कृषि शाखा प्रमुख टेक बहादुर बिक, रोजगार शाखा प्रमुख सुदर्शन जिसी, पशु शाखाका बिजय पौडेल र प्रेम जिसी, इलाका प्रहरी कार्यालय मच्छिका प्रमुख धन बहादुर थापा, अनन्त खड्का, मच्छी बजार इलाकाका प्रतिनिधि बोधिप्रसाद पोख्रेल, स्वास्थ शाखाका ओमकला घर्ती मगर, प्रशासन शाखाका दामोदर उपाध्याय, पत्रकार बिमल पोख्रेल र अन्य कार्यालयका कर्मचारी,स्थानीय लगायतको सहभागिता रहेको थियो ।



S.K. Creative Media Group