काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूबाट टीका ग्रहण गर्नुभएको छ । आज ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरु शारदा पण्डित र चन्दा ओझाबाट विधिपूर्वक तिहारको टीका लगाउनुभएको हो ।
राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो । उहाँहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान गर्नुभयो । राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएपनि दिनभर नै टीका लगाउन सकिने जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।



S.K. Creative Media Group