प्यूठान । प्यूठानका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर आफूले अक्षर आरम्भ गरेको विद्यालयलाई आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्यूठान नगरपालिका–४ जुम्री निवासी हरि बस्नेतले माण्डवी गाउँपालिका–२, ढाँडस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

बाल्यकालमा आफूले अक्षर आरम्भ गरेको विद्यालयप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको बस्नेतले बताउनुभयो ।

जन्मदिनलाई व्यक्तिगत खुसी र उत्सवमा मात्र सीमित नराखी आफूले शिक्षा हासिल गर्न सुरु गरेको विद्यालयका लागि केही योगदान गर्ने सोचले सहयोगको घोषणा गरेको उहाँको भनाइ छ ।

व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्व र शैक्षिक योगदानसँग जोड्ने बस्नेतको यो निर्णयले जन्मदिन मनाउने संस्कारलाई रचनात्मक तथा सामाजिक कार्यलाई थप सामाजिक उत्तरदायी बनाएको छ ।

उहाँले जिल्लामा विपन्न गरिब परिवारको घर निर्माणमा सहयोग अभियानदेखि अन्य बिरामीको उपचारमा समेत सहयोग जुटाउने कार्यमा सक्रिय देखाउदै आउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय