अर्घाखाँची । अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुदाँ दुई जना बेपत्ता भएका छन । सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ जादै गरेको एच आर ५५ एयू ८७९३ नम्बरको कार दुर्घटना हुँदा दुई जना बेपत्ता भएका हुन ।

सडकबाट करिब आठ सय मिटर तल कार भेटिए पनि त्यसमा सवार दुई जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार कारमा सवार चालक र सहचालक भेटिएका छैनन । कार पूर्ण रुपमा क्षतविक्षत भएको छ।

प्रहरीले खोजीकार्य जारी राखेको छ। दुर्घटनास्थल निकै अप्ठेरो रहेकाले उद्वार र खोजी कार्य गर्न असहज भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय