काठमाडौं । तिहारको लागि बिदा गरिएका देशभरका सम्पुर्ण सरकारी कार्यालयहरु भोलि (मंगलबार) बाट मात्रै खुल्नेछन्।

भाइटीका लगाएर तिहार (यमपञ्चक) आइतबार नै समापन गरिएको छ। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हिजो नै सकिएपनी आज सोमबारसम्म सरकारले तिहारको सार्वजनिक बिदा दिएकोले सरकारी कार्यालय बन्द रहनेछन् ।

यहीँ कात्तिक १५ गते कुकुर तिहार र लक्ष्मीपूजाको दिनदेखि १९ गतेसम्म ५ दिन अर्थात् तिहार बिदा दिएको छ। तिहारको टीका थाप्न टाढाटाडा गएकाहरु दिदिबहिनी दाजुभाइ फर्किने क्रम रहेकाले भाइटिकाको भोलिपल्ट अर्थात आज पनी सार्वजनिक बिदा दिएकाले सरकारी कार्यालय बन्द रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय