अर्घाखाँची । प्यूठानबाट देउसी खेल्न अर्घाखाँची गएको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका-५ मा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल हुँदा भैलो खेलिरहेका ब्यक्तिलाई ठक्कर दिएको हो ।
मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा ८ जना घाइते भएका छन । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।



S.K. Creative Media Group