दैलेख । दैलेखबाट सुर्खेतको लागि यात्रु बोकेर छुटेको फोर्स गाडी दैलेखको सिमास्थित रातानाङ्ग्ला नजिक दुर्घटना हुँदा चारको जनाको मृत्यु भएको छ ।
सुर्खेत-दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
फोर्स गाडी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या चार मध्य दुई जना महिला, दुई जना पुरुष रहेको प्रहरीको भनाइ छ । मृतक चारजनालाई सुर्खेत सब गृहमा राखिएको र मृतकका आफन्तहरु अहिले नआइपुगेको र आफन्त आइसकेपछि मात्र मृतक शव सनाखतको काम सुरु गरिने प्रहरीले जानकारी दियको छ ।
शुक्रबार दिउँसो दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको फोर्स गाडी अनियन्त्रि भई दुर्घटनामा परेको प्रहरीको भनाइ छ। मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ । गाडी सडकभन्दा झण्डै दुई सय मिटर भिरमा खसेकाले यकिन विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ । प्ररम्भिक जानकारी अनुसार गाडिमा २९ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।



S.K. Creative Media Group