अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आफ्नै मामाले भान्जाको हत्या गरेका छन।
शितगंगा नगरपालिका -६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहाले सामान्य घरयासी झै-झगडाका कारण आफ्नै सहोदर भान्जा ३५ बर्षीय तिलक रेश्मीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्र बहादुर मल्लले बताउनुभयो ।
गाहालाई अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



S.K. Creative Media Group