प्यूठान । मल्लरानी गाउँपालिका–४ सारिवाङमा पूर्णिमा मेला सम्पन्न भएको छ । सारिवाङमा ऐतिहासिक सराए नाँचसँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
परम्परागत रुपमा सारिवाङमा पूर्णिमा मेला लाग्दै आएको छ । मेलालाई थप व्यवस्थित गर्दै निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क नेपाल टेलिकमको सिमकार्ड वितरणको व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिका अध्यक्ष भुवन सिंहले जानकारी दिनुभयो ।
निमतारा पोलिक्लिनिकले मेलामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । डा. सुवास जिसीले सुगर तथा प्रेसर जाँच सहित औषधि वितरण गरिएको बताउनुभयो । उहाँले दशैको पूर्णिमा मेला, तिहारको डल्ले मेला र सारिवाङ मेलामा स्वास्थ्य सेवा उपलब्ध गराएको जानकारी दिनुभयो ।
मेलामा लायन्स क्लव अफ धर्मावतीले मास्क वितरण गरेको थियो । मेलामा स्थानीय उत्पादनको विक्रीवितरण सँगै विभिन्न स्टलहरु राखिएको थियो । २० समुहको सहभागिता रहेको प्रतियोगितामा प्रथम जेनिसा मगरको समुह, द्धित्तिय सुजन राहुमगर, तृत्तिय तमन्ना नेपालीको समुह र शान्त्वना तिर्सना पराजुली हुनुभएको छ ।ला नृत्य प्रतियोगिताका विजेतालाई पुरस्कार समेत प्रदान गरिएको छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष भुवन सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का रहनुभएको थियो ।






S.K. Creative Media Group