प्यूठान । जिल्लाको गाैमुखी गाउँपालिका क्षेत्रमा चट्याङकाे जाेखिम कम गर्न सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापनाकाे माग राखिएको छ । विगतका बर्षमा चट्याङका कारण मानवीय र पशुचाैयामा क्षति व्यहाेर्नु परेकाे भन्दै सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापना गर्न माग राखिएको हाे ।
पच्चीस वर्ष भित्र एउटै बस्तीका छ जना ब्यक्तीकाे चट्याङले ज्यान लिएको स्थानीय ज्ञामुराम न्यौपानेले बताउनुभयो । गौमुखी -५ खुङकाे राँगाकाट्ने देखी माझिली गोठाक्ना सम्मको सानो क्षेत्र जोखिम क्षेत्र बनेको उहाँले बताउनुभयो । चट्याङबाट बच्ने अनेकन प्रविधिको विकास भैरहेको अवस्थामा कसरी बस्तीलाई सुरक्षित बनाउने विषयमा सोच्नुपर्ने उहाँको भनाई छ ।
मदाने-१ देखि गाैमुखि-७ जाेड्ने सडक स्तराेन्नतिकाे माग राखिएको छ । यस्तै सुन्तला, एबाेकार्डाे र दाते ओखर खेति प्रबर्द्धन गर्नुपर्ने, ठुलावेसिमा कृषि संकलन केन्द्र भवन बनाउन माग राखिएको हाे । गाैमुखी गाउँपालिका-५ ठूलावेसीका अध्यक्ष बरुणध्वज मल्लले लुम्बिनी प्रदेश सरकार भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
गुल्मी जिल्लामा पक्की पुलकाे शिलान्यास गर्न जाने क्रममा मन्त्री ढकाल र पन्थीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । मन्त्री ढकालले मागहरु सम्बाेधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



S.K. Creative Media Group