प्यूठान । नेकपा (एमाले) झिमरुक गाउँपालिका कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन हुदैछ । अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको झिमरुक गाउँपालिका कमिटीले जनाएको छ ।

आज शनिबार अधिबेशनलाई नेकपा एमाले पोलिटब्युरो सदस्य, तथा प्रतिनिधि सभा सदस्य सुर्य थापाले उद्घाटन गरि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । थापा कार्यक्रम उद्घाटनको लागि हिजोनै गृहजिल्ला आइपुग्नुभएको एमालेले जनाएको छ ।

पालिका कमिटीको दोस्रो अधिबेशन उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री तुल्सिराम शर्मा, नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष बिजयबिराज बिष्ट, केन्द्रिय सल्लाहकार समिती, केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीका नेता कार्यकर्ताहरुको उपस्तिथि रहने छ ।

आज सनिवार मंसिर ८ गतेदेखि १५ गतेसम्म पालिका अधिवेशन सम्पन्न गर्ने गरि मिति तय भएकोले आज हुने झिमरुक गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न गर्नको लागि सबै तयारी पूरा भएको नेकपा एमाले जिल्ला कमिटी सचिब इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो ।

सबै वडाका वडा कमिटीबाट प्रतिनिधिको रुपमा ४ सय बढी प्रतिनिधि, पर्यवेक्षक तथा नेता कार्यकर्ताको उपस्थिति रहने गरि तयारी भएको नेकपा एमाले जिल्ला कमिटी सचिब पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रमलाई थप व्यवस्थित गर्न विभिन्न उपसमिति तथा जिम्मेवारी समेत तोकिएको उहाँले जानकारी दिनुभयो ।

पार्टी स्थापनादेखि निरन्तर योगदान गरेका करिब २० जना नेताकार्यकर्तालाई अधिबेशनको अवसरमा योगदानको कदत गर्दै सम्मान गर्ने कार्यक्रम समेत रहेको पालिका कमिटीले जनाएको छ । कार्यक्रम झिमरुक-५ मच्छिमा हुनेछ। बामपंथीको लालकिल्ला मनिने झिमरुकमा नेकपा एमालेको यो अधिबेशनलाई जिल्लामा महत्वका र चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय