प्यूठान । नेकपा (एमाले) झिमरुक गाउँपालिका अध्यक्षमा पदम खड्काको नेतृत्वमा पालिका कमिटी गठन भएको छ । आज सप्पन्न दोस्रो अधिबेशनबाट खड्काको नेतृत्वमा ६५ सदस्यीय पालिका कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्ष रामचन्द्र भण्डारी, सचिव निम बहादुर सुनार, उप-सचिव मेख बहादुर सुनार र बसन्त बस्नेत रहनुभएको छ । अधिवेशनको उद्घाटन नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले गर्नुभएको थियो । जिल्लाभरका पालिकामा मंसिर १५ गतेसम्म पालिका अधिबेशन गर्ने गरि एमाले प्यूठानले मिति तय गरेको छ ।


S.K. Creative Media Group