प्यूठान । नेकपा (एमाले) नौबहिनी गाउँपालिका-१, मा चन्द्रमणि बुढामगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ। दोस्रो अधिबेशनबाट बुढामगरको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी गठन भएको हो ।

त्यस्तै वडा कमिटीको उपाध्यक्ष बाल कुमार गौचन, सचिव कर्ण बुढा, उप-सचिव दुर्गा गुरुङ र अर्को समावेशी उप-सचिब बैठकले मनोनीत गर्नेगरी रिक्त रहेको नेकपा एमाले वडा कमिटीले जनाएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसबाट २०७४ को निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी तथा पूर्व इकाई सभापति पृथबहादुर बुढामगर, हालको इकाई सचिव सनबीर बुढा मगर, माओवादी केन्द्रका वडा सचिव एकबहादुर विश्वकर्मा सहित विभिन्न पार्टीका १ सय ५ जना नेताकार्यकर्तालाई पार्टीमा प्रबेश गर्नु भएको नेकपा एमाले प्युठान प्रचार बिभागले जनाएको छ।

नव प्रवेशी नेताकार्यकर्तालाई नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य, तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्टले अबिर टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको छ।

प्रतिनिधि सभा सांसद सूर्य थापाले मुलुक बदल्न पहिला आफू बदलिएर देखाउनुपर्ने बताउनुभएको छ। शनिबार नेकपा एमाले नौबहिनी गाउँपालिका-१ वडा कमिटिको दोस्रो अधिबेशनको प्रमुख अथिती समेत रहनुभएका सांसद थापाले मुलुकको समृद्धिको लागि नेकपा एमालेका सम्पुर्ण नेताकार्यकर्ता पहिला आफू बदलिएर जनताको सेवामा निस्वार्थ तरिकाले लाग्नुपर्ने बताउनुभयो ।

सांसद थापले स्थिरता र सुशासनका लागि एमाले, नेपाली काङ्ग्रेस मिलेर सरकार बनाएकोले यो सरकारले जनताको पक्षमा काम गर्ने बताउनुभयो । दुई ठुला पार्टी मिलेर बनाएको यो सरकारले अस्थिरता, कुशासन र भष्टचार नियन्त्रण गर्दै स्थिरता र सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभयो। सरकार विरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडने र नडराउने उहाँले बताउनुभयो ।

जिल्लाको बिकास र समृद्धिको लागि आफ्नोतर्फबाट पहल गरिएको र समग्र बिकासको लागि सबै शक्ति मिलेर जानुपर्ने उहाँले बताउनुभयो । जिल्लाको विभिन्न भौतिक पुर्वाधार बिकासको लागि उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलसँग छलफल गरेको र अर्थमन्त्री सकारात्मक भएको बताउनुभयो ।

अधिवेशनको उद्घाटन नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले गर्नुभएको थियो । जिल्लाभरका पालिकामा मंसिर १५ गतेसम्म पालिका अधिबेशन सक्ने गरी जिल्लामा पार्टीका नेता कार्यकर्ता परिचालन गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार आज जिल्लाको सरुमारानी गाउँपालिकाको गाउँपालिका कमिटीको अधिबेशन बड्ढाडामा सांसद सूर्य थापाले उद्घाटन गर्ने कार्यक्रम सहित अधिबेशन सम्पुर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय