अर्घाखाँची । चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले एक जना युवकलाई जन्मकैदको फैसला गरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर१०, शिखेधाराका २५ वर्षीय राम बहादुर घर्तिमगरलाई जन्मकैद सजायको फैसला गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको मंसिर १० गतेको इजलासले कसुर ठहर गर्दै जन्म कैद सजायको फैसला र ७ लाख रुपियाँ जरिबाना भएको फैसला सुनाएको जिल्ला अदालत, मुद्दा फाँटका नायब शुब्बा राम प्रसाद आचार्यले जानकारी दिनुभयो ।
पीडित बालिकालाई ०८० कात्तिक २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले घर्तिमगरलाई कात्तिक २३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण ०८० कात्तिक २३ गते अर्घाखाँची अस्पतालमा भएको थियो ।



S.K. Creative Media Group