प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाले आज शोक बिदा दिएको छ । प्यूठान नगरपालिका वडा नम्बर ७ मा कार्यरत कार्यालय सहयोगी देब बहादुर केएमको मंसिर ११ गते असामयिक निधन भएकोले दुख व्यक्त गर्दै नगरपालिकाले आज १२ गते शोक बिदा दिएको हो ।
मंसिर १२ गते आज स्वास्थ्य संस्था र बिद्यालय बाहेक नगरपालिकाको कार्यालय र वडा कार्यालयमा शोक बिदा दिने निर्णय भएको नगगर प्रमुख बिष्णु बहादुर योगीद्वारा हस्ताक्षरित सूचना मार्फत जानकारी दिएको छ । “उक्त दिन नगरपालिका र वडा कार्यालयबाट सेवा प्रवाह नहुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।” सूचनामा भनिएको छ।




S.K. Creative Media Group