प्यूठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट श्रीराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

उपाध्यक्ष एलबी थापा, नर्मदा भट्ट, सचिव बासुदेव गिरी, सह–सचिव शसिधर भण्डारी, बोम बहादुर परियार, कोषाध्यक्ष तुफान अधिकारी निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यमा जुमान सिंह के.सी., टिकाराम पोख्रेल, प्रकाश वैद्य, विमल पोख्रेल, सागर शर्मा, मधुसुदन पोख्रेल, तेजेन्द्र विएम, रविन विश्वकर्मा र सिता विश्वकर्मा निर्वाचित हुनुभएको छ ।


अरु पद सर्वसम्मत भएपनि कोषाध्यक्ष पदमा भने चुनाव भएको थियो । ७७ सदस्यमध्ये ६४ मत खसेकोमा तुफान अधिकारीले ३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रतिस्पर्धी राजेश जिसीले २६ मत पाउनुभएको थियो । अधिवेशनले केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्य समेत सर्वसम्मत चयन गरेको छ ।

केन्द्रीय परिषद सदस्यमा गिरु प्रसाद भण्डारी, भुवन सिंह र राधिका भुसाल रहनुभएको छ । प्रदेश परिषद सदस्यमा सुजल श्रेष्ठ, जोगिन्द्र मल्ल, हरि भण्डारी, राम बहादुर विश्वकर्मा र केशव श्रेष्ठ चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय