प्यूठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन । बिहीवार महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यले एक कार्यक्रमका बीच औपचारिक रूपमा पदभार सम्हाल्नुभएको हो ।

मंसिर २८ गते भएको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्यूठानका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी, सुशील पोख्रेल, निवर्तमान अध्यक्ष सञ्जय रिजालले अविर तथा खादा लगाई बधाई ज्ञापन गर्नुभएको थियो । पदभार ग्रहणका क्रममा निर्वतमान अध्यक्ष सञ्जय रिजालले महासंघको नाममा रहेको जग्गाको लालपुर्जा समेत हस्तान्तरण गर्नभएको हो ।

त्यसैगरी निर्वतमान सचिव प्रकाश वैद्यले माइन्युट, कार्यविधिहरु, निवर्तमान कोषाध्यक्ष प्रज्वल पहाडीले आयव्ययको जानकारी दिँदै सचिव बासुदेव गिरी र कोषाध्यक्ष तुफान अधिकारीलाई कागजात हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै महासंघ प्यूठानका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले पत्रकार महासंघको गरिमा वढाउन आग्रह गर्नु भयो । महासंघ साझा बनाउँदाको नेतृत्व र चुनावी पक्रियाबाट आउने नेतृत्व फरक पर्ने हुँदा जिल्लाको नेतृत्व साझा हुँदा पत्रकारका साझा मुद्धाहरुलाई उठाउँदै मिडिया र श्रमजिवीहरुको पक्षमा काम गर्न महासंघलाई सुझाव दिनुभयो ।

पूर्वअध्यक्ष सुशील पोख्रेलले मिडिया व्यवस्थापनको लागि पत्रकार महासंघको समन्वय गर्नेमा विश्वास व्यक्त गर्नु भयो । पदभार ग्रहण गर्दै अध्यक्ष श्रीराम भण्डारीले समन्वय र सहकार्यमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय