प्यूठान । प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा अक्षकोष स्थापनाको घोषणा गर्नुभएको छ । स्वर्ण महोत्सव उद्घाटन गर्न झिमरुक गाउँपालिका वडा नम्बर ६, स्थित मर्काबाङ्ग पुग्नुभएका प्रतिनिधि सभा सदस्य थापाले राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यन गर्ने गरिब, जेहेन्दार, बिपन्न परिवारका बिद्यार्थीहरुको लागि पठनपाठनमा सहजताको लागि रु ५० हजार बराबरको अक्षकोष स्थापनाको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा थापाले बिद्यालयको नतिजा संतोषजनक भएकोले थप प्रगति गर्न सबै शिक्षक शिक्षिकालाई आग्रह गर्नुभयो । अक्षकोषको ब्याज बाफत आउने रकमबाट उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बाफत रकम हरेक शैक्षिकसत्रको अन्त्यमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो । समाजको बहुआयामीक क्षेत्रमा नेतृत्व गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्दै शैक्षिक क्षेत्रमा राम्रो बाताबरण निर्माण तयार गर्नुपर्ने आवस्यकता रहेको छ ।
उहाँले भन्नुभयो,´त्यसको लागि एउटा शिक्षक, शिक्षिकाको महत्त्वपूर्ण भुमिका हुन्छ।`अझैपनी शैक्षिक सुधारको लागि पहल गरिएन भने विद्यार्थीको भविष्य अन्योल र शैक्षिक बेरोजगार बढेर जाने बताउनुभयो । दरबन्दीको हिसाबले हेर्ने हो भने सामुदायिक बिद्यालयमा पर्याप्त देखिन्छ । तर शैक्षिक गुणस्तर खस्केको देखिएको छ ।



S.K. Creative Media Group